दफा ८
समितिको काम, कत्र्तव्य र अधिकार
समितिको काम, कत्र्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि नीति निर्धारण गर्न नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(ख) विमाबाट प्राप्त हुन आएको रकम लगानी गर्नको लागि नीति निर्धारण गरी प्राथमिकता क्षेत्र तोक्ने,
(ग) बीमक, विमा अभिकर्ता, सर्भेयर वा दलालको दर्ता र नविकरण गर्ने तथा दर्ता खारेज गर्ने, गराउने,
(घ) बीमक तथा बीमित बीचको वाद विवादमा मध्यस्थता गर्ने,
(घ१) विमा दायित्व निर्धारणका सम्बन्धमा बीमक विरुद्ध बीमितले दिएको उजूरी उपर निर्णय गर्ने ।
(घ२) विमा व्यवसायका सम्बन्धमा बीमकलाई समय–समयमा आवश्यक निर्देशन दिने।
(ङ) बीमितको हित रक्षाको निम्ति आवश्यक आधार तर्जुमा गर्ने, र
(च) विमा व्यवसायसंग सम्बन्धित अन्य आवश्यक कार्य गर्ने, गराउने ।